गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक



काठमाडौं । गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ । टुक मान विश्वकर्माको छायाँकन, दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भट्ट र ओवी रायमाझीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्