प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न समिति र आयोगका प्रतिवेदन पेश हुने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे डाकिएको बैठकमा आज विभिन्न समिति र आयोगका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विद्येयक’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विद्येयकको प्रतिवेदन बैठकमा पेश हुन लागेको हो ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन् । कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन समितिले आज सदनमा पेश गर्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्