बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको बिस्का जात्रा नगर्न बरु सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो । सोही निर्देशनविरुद्ध अधिवक्ता राजकुमार सुवालले दिएकोरिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिमा आदेश गरेको हो ।

यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो । विस्काःजात्रा चैत २८ बाट हुँदैछ ।

नगरपालिकाद्धारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं  (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्