‘म आमा बन्न चाहन्थे तर’…



मनिषा कोइराला, बलिउड अनि नेपाली सिने जगतदेखि राजनीतिक क्षेत्रसम्मको चर्चित नाम । उनलाई नचिन्ने सायदै कोही छन् ।

मनिषाले आफ्नो करियरको सुरुवात फिल्मबाट गरेकी थिइन् । उनी ९० कि दशककी बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । उनले बलिउडका निकै नाम चलेका अभिनेताहरुसँग काम गरेकी छिन् । आजपनि बलिउडमा मनिषाको लागि छुट्टै सम्मान छ । उनै मनिषाले एउटा नेपाली चलचित्रमा पनि काम गरेकी छिन् ।

विगत केही बर्षदेखि भने उनी चलचित्रमा सक्रिय देखिएकी छैन । क्यान्सर भएपछि उनी फिल्मबाट टाढिएकी थिइन् । पछिल्ला दिनहरुमा उनलाई देशको लागि काम गर्दै हिडेको देख्न सकिन्छ । उनै मनिषाले आफ्नो जीवनमा धेरै नै उतारचढाव सहेकी छिन् । केहीसमय अघि दिएको अन्तवार्तामा मनिषाले आफ्नो जीवनबारे केही बताएकी थिइन् ।

सबैलाई थाहा नै छ, मनिषा एक्लो जीवन बिताइरहेकी छिन् । मनिषाले सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी थिइन् । तर उनको वैवाहिक जीवन लामो समयसम्म टिक्न सकेन । सन् २०१२ मा नै यी दुई अलग्गिए । मनिषाले आफू आमा बन्न नसकेको कुराले सधैँ नै मन पोलिरहेको बताएकी छिन् । उनले आफूलाई आमा बन्न असाध्यै रहर लागेको र त्यहि कारणले विवाह पनि गरेको खुलाइन् । तर उनको शारिरीक समस्या र श्रीमानसँगको असमझदारीका कारण उनी आमा बन्न सकिनन् । हरेक नारीका चाहना आमा बन्ने हुने र आफूले त्यो सौभाग्य नपाएकाले कता कता मन दुख्ने उनले बताइन् ।

तर मनिषाले आफ्नो जीवनम अब अरु कुनै पुरुषको प्रवेश भने नहुने बताएकी छिन् । उनले अब बाकिँको जीवन एक्लै नै बिताउने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्