राजीनामा माग गर्दै वाग्मती प्रदेशसभा अवरुद्ध



हेटौंडा । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

झण्डै डेढ महिनापछि बसेको बैठकमा माओवादी केन्द्रले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको थियो ।

माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्