सरकारको फेरि लकडाउन गर्ने योजना छैन : स्वास्थ्यमन्त्री त्रिपाठी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले (कोभिड-१९) रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल हेल्थ कनक्लेभ २०२१ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे । उनले लकडाउनमा नजाने दावी गरे । उनले लकडाउन भन्दाअघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए ।

लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्