ओली पक्षले गर्‍यो आरती लामासहित नेपाल पक्षका तीन विद्यार्थी नेतालाई कारवाही



काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेता माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरुलाई कारवाही गरेको छ ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन् । महर एमाले अध्यक्षसमेत रहको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् ।

लामासहित नेपाल पक्षका विद्यार्थीहरुले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए ।

उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोध पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।

उनले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि उल्लेख गरेका छन् । संगठनको निर्देशन अटेर गरेको आरोप पनि उनीहरुमाथि छ ।

प्रतिक्रिया दिनुहोस्