तानसेनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु



काठमाडौं । पाल्पाको तानसेनमा मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कुखुरा बोकेको उक्त गए राति करिब १२:२० बजे तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा दुर्घटनामा परेको थियो।

प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले दिएको जानकारीअनुसार लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ आउँदै गर्दा कच्ची सडकबाट करिब २० मिटर तल खसेको हो ।

दुर्घटनामा परेर जिपका चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको उनले बताए ।

गम्भीर घाइते भएका उनीहरूलाई यूनाइटेड मिसन अस्पताल पाल्पा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्