पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरूद्ध नेविसंघको प्रदर्शन



काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भइरहेको भन्दै नेविसंघले आज नेपाल आयल निगम परिसरमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले कोरोना महामारीका बेला राहत दिनुपर्नेमा पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि गरिरहेको नेविसंघको भनाइ छ ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले पेट्रोलियम पदार्थलगायत सबै क्षेत्रमा मूल्यवृद्धि गरेर सरकारले जनताको शोषण गरिराखेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्