पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको खोसियो सांसद पद



विराटनगर । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट हटाएको हो ।

सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । पार्टीले उहाँलाई पदमुक्त गरिसकेको छ , माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले भने, पदमुक्त गरेको पत्र तयारी छ, आजै प्रदेशसभामा जानकारी गराउँछौं ।

View Post

दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्