दिपकको संगीतमा ‘निलो कुर्ताले’ सार्वजनिक (भिडियो)



काठमाडौँ । चर्चित संगीतकार दिपक शर्माको शब्द र संगीतमा रहेको ‘निलो कुर्ताले’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

लोकलयमा आधारित यस गीतमा स्वर गायिका मेलिना राई र गायक लोक पौडेलको रहेको छ । नरेन्द्र वियोगीले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानको अभिनय रहेको छ ।

शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन् । शिशिर तामाङ ( छबि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्