रानी शाक्य र पुषोत्तम न्यौपानेको ‘सुहाउँदैन ओठमा हाँसो’ सार्वजनिक



काठमाण्डौं । अमेरिकामा रहेर पनी नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र पुषोत्तम न्यौपानेको आवाजमा रहेको ‘सुहाउँदैन ओठमा हाँसो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रदिप सुवेदीको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा रहेको छ । जिवन भोगाईमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफु निकै आशावादी रहेको गायिका रानीले बताईन ।

नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । ‘सुहाउँदैन ओठमा हाँसो’ गीतको भिडियोमा कमल सिंह , गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्