रामचन्द्र पौडेल र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् ।

आइतबार बिहान हात्तीवनस्थित ठाकुरको निवासमा पुगेर पौडेलले उनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन् ।

नेता पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार पौडेल ठाकुरलाई भेट्न साढे ९ बजे पुगेका थिए । उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएके थियो ।

कांग्रेसले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको थियो । साथै आफ्नै नेतृत्वमा सरकार बनाउने गरी अग्रसरता लिने निर्णय गरेको थियो ।

उक्त निर्णय भएको दुई दिनपछि पौडेलले आज ठाकुरसँग भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्