राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारी दिइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फा स्रोतले जनाएको छ ।

उनी प्रशिक्षक भएको घोषणा एन्फाले आज पत्रकार सम्मेलन गरेर गर्दैछ ।

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएको थियो ।

View Post

जसका कारण नेपालले प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाउन लागेको एन्फा स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्