भारतबाट आएका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि



काठमाडौं । सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

संक्रमितहरु कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन् । एक साताअघि उनीहरुसहित २० जनाको स्वाब संकलन गरी जाँज गरिएको थियो ।

उनीहरुमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो । अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्