‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ पछि समिर र विद्याको ‘भात खाएर हो’ ( भिडियो )



‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत
भात खाएर हो‘ सार्वजनिक भएको छ।

समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ‘द नेक्स्ट’को दमदार नृत्य रहेको छ अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन् ।

‘द नेक्स्ट’को युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्