ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्छौ : वरिष्ठ नेता पौडेल



नेपाली काँग्रेस नुवाकोटद्धारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि उनलाई हटाउने नेता पौडेलले बताए ।

उनले भने, ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनःस्थापनाका लागि आवाज उठाएका तीनवटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्