काँग्रेसको निर्णयपछि देशको राजनीति फेरिएको छ, अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड



शनिबार कपिलवस्तुमा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको राजनीतिकले कोल्टे फेरेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, हिजोदेखि देशको राजनीतिले कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै नयाँ सरकार बन्छ ।

शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्