चुनावमा नगई देश अगाडि बढ्नै सक्दैन, ढिलोचाँडो निर्वाचन भएरै छोड्छ : प्रधानमन्त्री ओली



शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा नगई देश अघि बढ्नै नसक्ने जिकिर गरेका छन् ।

उनले ढिलोचाँडो निर्वाचन भएरै छोड्ने समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले देशको लागि सही व्यक्ति चुन्ने काम जनताको भएको भन्दै चुनाव हुन आवश्यक रहेको बताएका छन् ।

‘हामीले गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्, राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन’, उनले भने, ‘मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितबिना देश अगाडि स्मुथली जानै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्