मैले नेतृत्व गरेको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएकाले नै विपक्षीहरुले मेरो विरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली



आज देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । उनले आफ्नो राजनीतिक सटर बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफवाह फैलाउने गरेको दाबी समेत गरे ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्क वितर्क गरेर सरकारको विरोध गर्न खर्चिएको बताए ।

उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे । उनले भने, ‘ जसले यसो भनिरहेका छन् । ती मान्छेले नै फासीवाद ल्याउन खोजेका थिए। लोकतन्त्र विरुद्ध जसले गलत काम गर्छ, उसैले तानाशाह, फासीवाद र अधिनायकवाद भन्छ । नबुझेर बोलेजस्तो लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्