काँग्रेस कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ : प्रमुख सचेतक खाण



शनिबार राप्ती समाज क्यानडाद्धारा काँग्रेस पूर्व महामन्त्री एवम पूर्व गृहमन्त्री स्वर्गीय खुम बहादुर खड्काको स्मृति दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको हक बञ्चित गर्ने गरी संवैधानिक संकट निम्त्याउन लागेको बताएका छन् ।

त्यसैको निरन्तरता अुनसार अन्ततः असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटनको दुष्प्रयास गरेको आरोप खाणले प्रधानमन्त्री ओलीलाई लगाएका छन् ।

यस्तै, उनले काँग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताए । लोकतन्त्र कमजोर हुदा देश र जनता कमजोर हुने उनको भनाइ छ । यस्तै उनले स्वर्गीय खड्काप्रति श्रद्धा सुमन ब्यक्त गर्दै एक अदम्य इच्छा शक्ति भएको नेताका रुपमा खड्कालाई चित्रण गरे ।

प्रतिक्रिया दिनुहोस्