भ्वाइस अफ नेपालको सेटमा रोए कोच राजु, यस्तो रहेछ कारण…



द भ्वाइस अफ नेपाल नेपालको नम्बर १ रियालिटी शो हो । यतिबेला यसको तेस्रो सिजन प्रशारण भैरहेको छ । पहिलो र दोस्रो सिजनलाई झैँ तेस्रो सिजनलाई पनि दर्शकले निकै नै मन पराइरहेका छन् ।

यतिबेला द भ्वाइसको ब्लाइन्ड अडिसन चलिरहेको छ । ब्लाइन्ड अडिसनको पाचौँ दिनको अडिसन सुरु हुनुभन्दा अगाडि सधैँ हाँसिरहने कोच राजु लामा मज्जाले रोए । उनले आफ्नो आँशु थाम्न खोजेका थिए तर सकेनन् ।

वास्तवमा हिजो प्रशारण भएको ब्लाइन्ड अडिसनको पाचौँ एपिसोडमा शो सुरु हुनुभन्दा अगाडि कोच दिपले उनको सर्वाधिक हिट गीत गाउँछन् । दिपले गीत गाएपछि राजु भावुक बन्छन् । राजुले दिपलाई दाई तपाईले मलाई रुवाउनु भयो पनि भन्छन् । उनलाई गीतले एकमदै छोएकाले मन थाम्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्