संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चले : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको आरोप लगाएका छन् ।

स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताए ।

उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने । ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।’

प्रतिक्रिया दिनुहोस्