राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची आयोजनाको उदघाटन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उदघाटन गरेकी छन् ।

काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उदघाटन गरेकी हुन् ।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ ।

सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्