अमिताभको परिवारले लगाए कोरोना विरुद्धको खोप



बलिउडका सर्वाधिक चर्चित अभिनेता अमिताभ बच्चनको परिवारले कोरोना विरुद्धको पहिलो चरणको खोप लगाएको छ । यसको जानकारी अभिषेकले ट्वीटरमार्फत दिएका छन् ।

अमिताभको परिवारलाई केहीसमय अघि कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले पनि भारतमा कोरोना बढिरहेको छ । सधैँभरि काममा निस्कनु पर्ने भएकाले कोरोनाबाट बच्न कोरोना विरुद्धको खोप लगाएको अमिताभले बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा अमिताभले भनेका छन्, “आज दिउँसो कोरोना विरुद्धको खोप म र सबै परिवारले लगायौं, र सबै ठिक छ, छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यासँगै गत वर्ष मात्रै कोरोना सक्रमित भएका थिए।”

उनले लेखेका, ‘कोरोना विरुद्ध खोप लगायौं, सबै ठीक छ, हिजो परिवार र कर्मचारीहरुको कोरोना परीक्षण गरेँ, रिपोट आज आयो, सबै राम्रो आयो, सबै नेगेटिभ रिपोट आयो र सबैले कोरोना विरुद्धकमे खोप लगायौँ, अभिषेक बाहेक सबै परिवारले लगाए खोप, अहिले अभिषेक फिल्म शूटमा रहेकाले फकेपछि केहि दिनमै खोप लगाउने छ।”

प्रतिक्रिया दिनुहोस्