कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी कार्यालयमा अहिले २ बजे बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ।

१४ औँ महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा बैठक केन्द्रित रहने आजको बैठकमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र वैकल्पिक सरकार गठनका विषय पनि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्