पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु



काठमाडौं । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरे ।

प्रहरीका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडी क्षत्‌विक्षत् हुने गरी भएको दुर्घटनामा गोभाजुको मृत्यु भएको छ भने अर्का एकजनाको हातमा चोट लागेको छ। अन्यको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्