कपन तेक्वान्दो डोजाङको संयोजनमा खेलाडीहरुको सम्मानको लागि ‘डेमोस्ट्रेसन शो’ चैत्र २८ मा हुदैँ



सम्मबूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललको प्रमुख आतिथ्यमा कपन तेक्वान्दो डोजाङ्ग र कपन टाइगर्स डेमोस्ट्रेसन टिमको संयुक्त संयोजनमा खेलाडीहरुको सम्मानको लागि सम्मान कार्यक्रम तथा डेमोस्ट्रेसन शो आउँदो चैत्र २८ गते हुने भएको छ ।

खेल सुरक्षाको लागि, खेल स्वास्थ्यको लागि, खेल राष्ट्रको लागि भन्ने नारा दिदैँ खेल कला संस्कृति बूढानीलकण्ठको पहिचान, महिला हिंसा, दुव्र्यसनी, बलात्कारका अपराधहरु कम गर्ने हाम्रो अभियान भन्ने सन्देश दिदैँ यो कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक टिमले सेतोपेजलाई जानकारी दिएको छ ।

अन्जान थापा, रमेश रिजाल(पारश) र सबिन तामाङको संयोजनमा हुन लागेको कार्यक्रममा थप अतिथिको रुपमा बूढानीलकण्ठ नगरपालिकाको उप– मेयर र १३ वटै वडा अध्यक्ष रहने बताइएको छ ।

त्यसका साथै थप मनोरञ्जनको लागि विविध सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको पनि बताइएको छ । कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्ने पुरा कोशिस गरिने आयोजक टिमले जानकारी दिएको छ ।

थप जानकारी :
मिति : २०७७–१२–२८
समय : दिनको ठिक १२ बजे
स्थान : बूढानीलकण्ठ नगरपालिकाको परिषर

प्रतिक्रिया दिनुहोस्