गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तरमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत गर्ने कार्यक्रममा उनले शिक्षकको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन् ।

विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण विधि तथा पद्धतिमा ध्यान दिने शिक्षक चाहिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘‘…हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ’ उनले भने, ।

प्रतिक्रिया दिनुहोस्