बाबुराम भट्टराईले भने : जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !



काठमाडौं । पुर्वप्रधानमन्त्री एवं जसपाका अध्‍यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले भनेका छन्, ‘जसपाले ओलीतन्त्रको घाँस खान्‍न ! चेतना भया !’ यसका साथै भट्टराईले रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेसरकम्युनिष्ट पंचायत छिरेका थिए ?’

प्रतिक्रिया दिनुहोस्