ओलीले आफू र आफ्ना मान्छेबाहेक केही देख्दैनन् : घनश्याम भुसाल



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र आफ्ना मान्छेबाहेक केही नदेख्ने बनाएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओलीले बिहीबार मात्र भुसालसँगै सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसतर्फ संकेत गर्दै भुसालले ओलीबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, म बस्न नपाउने कुर्ची भाँची दिन्छु, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो ।

‘एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु’ भुसालले भनेका छन् ।

ओलीले पार्टीको गौरवको चीरहरण गरिरहेको भन्दै त्यसको सामना गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्