कास्कीमा खनाल-नेपाल समूहले बनायो छुट्टै कमिटी



पोखरा । नेकपा एमालेका असन्तुष्ट पक्षले कास्की जिल्लामा कमिटी बनाएको छ । संस्थापन पक्षसँग असन्तुष्ट माधव कुमार नेपाल तथा झलनाथ खनाल पक्षले छुट्टै जिल्ला कमिटी बनाएको हो ।

पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।

छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्