संवैधानिक निकायका नियुक्तिबारे कुनै निर्णय भएको छैन : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस ५ गते सम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा लामो प्रयास पछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि भएका थिए । पार्टीको केन्द्रीय कमिटीको बैठक पुस १० गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने, संसदको विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने लगायतका विषयमा सहमति गरेको छ । यस अघि केन्द्रीय कमिटी बैठक ५ गतेलाई बोलाइएको थियो ।

बैठकमा ओलीले संवैधानिक आयोगमा नियुक्तिबारे कुनै निर्णय नगरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्