पत्रकार महासंघको चुनाव : १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा



काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् ।

निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् ।

दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् ।

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।

महासचिवमा बालकृष्ण बस्नेत, रोसन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् ।

खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव ९मधेस०मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्