५ वटा भुस्याहा कुकुरले यी ४ बर्षकी बालिकालाई आक्रमण गरेर मारे…



साउदी अरेबियामा परिवारसँग बिदा मनाउन घरबाट बाहिर निस्किदाँ ५ वटा भुस्याहा कुकुरले आक्रमण गर्दा ४ बर्षकी बालिकाले ज्यान गएको छ । घरबाट बाहिर निस्कने बित्तिकै उनीमाथि कुकुरहरुले हमला गरेका हुन् ।

कुकुरले आक्रमण गर्न थालेपछि बालिका चिच्याउन थालिन् । उनले चिच्याएको सुनेर नै उनकी आमा दौडिएर बाहिर आउँदा छोरीलाई कुकुरहरुले आक्रमण गरिरहेको देखिन् । उनलाई कुकुरले आक्रमण गरेको देखेर बाटोमा हिड्ने मानिसहरुले कुकुरलाई त्यहाँबाट भगाए । बालिकालाई तत्कालै अस्पताल पनि लगिएको थियो तर उनलाई बचाउन सकिएन ।

मृतक बालिकाका काका अब्दुल्लाह हज्जाम अल अबद अल सलमले गल्फ न्यूजसँग कुरा गर्दै यो घटनाले परिवारलाई ठूलो धक्का लागेको बताए ।

‘हामीले भतिजीलाई नजिकैको अस्पताल लगेका थियौं र हामी बेलुकी करिब साढे ५ बजे अस्पताल पुगेका थियौं’ उनले भने ‘मेडिकल स्टाफले उनको स्थिति स्थिर भएको भनेका थिए । कोभिड १९ को सावधानीसम्बन्धी नियमका कारण हामी अस्पतालबाहिर पर्खिरह्यौं । बेलुकी ७ बजेर ५० मिनेटतिर हामीलाई बालिकाको निधनको खबर दिइयो । यो हाम्रो लागि ठूलो धक्का थियो ।’

प्रतिक्रिया दिनुहोस्