माओवादी केन्द्रका नेता पदम सुनार एमालेमा प्रवेश



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका पार्टिका पुर्व जिल्ला कमिटि सदस्य पदम बहादुर सुनार माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका छन् ।

लामोसमय देखि माओवादी केन्द्रमा पुर्व जिल्ला कमिटि सदस्य सुनारले बुधवार प्रेस विज्ञप्ति जारि गर्दै एमालेमा प्रवेश गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रले जनताका समस्याहरु नवुझेको र एमाले जनताको पार्टि भएकाले एमालेमा प्रवेश गरेको जानकारि दिए ।

प्रेश वक्तव्य जारि गर्दै उनले भने नेकपा एममाले र माओवादी केन्द्र विभाजनमै एकता भंग भएकाले आफुलाई माओवादी केन्द्रभन्दा एमालेमा केपि ओली सिद्धान्त र विचार मन परेका कारण मओवादी केन्द्र परित्याग गरेको बताए ।

सुनारले भने, केपी ओली सिद्धान्त र सुर्य चिन्ह नै जनताको एक मात्र मुक्तिको बाटो भएको र दशको राष्टियता सार्वभौम राष्ट र जनताको परिर्वतन गर्ने भएकाले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्