१९ बर्षका युवकले मान्छे मार्दा कस्तो हुँदो रहेछ भनेर अनुभव गर्न आफ्नै साथीका पिताको हत्या गरे…



युक्रेनको राजधानी किभ नजिकै बस्ने १९ बर्षका एक युवकले मान्छे मार्दा कस्तो हुन्छ भनेर महशुस गर्न आफ्नै साथीका पिताको हत्या गरेका छन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार ४७ बर्र्षिया पुरुषलाई ती युवकले २५ पटक छुरा हानेका थिए । ती युवकको पहिचान भने खुलाइएको छैन । किशोर साथीको घरमा अगाडिको ढोकाबाटै छिरेको र अप्रत्याशित रुपमा पितामाथि आक्रमण गरेको पुलिसले बताएको छ ।

पिडित पुरुष चिच्याएको सुनेपछि उनकी पत्नी दौडिँदै घटनास्थल पुग्दा ती युवक पिडितको शरीरमाथि चढेका थिए र हिंस्रक तरिकाले पिडितको छातीमा चक्कुले प्रहार गरिरहेका थिए । हत्या गरेको पिडितको श्रीमतीले देखेपछि तत्काल हत्यारा युवक त्यहाँबाट भागे ।

महिलाले पुलिस र एम्बुलेन्सलाई फोन गरेपछि पतिका घाउबाट रगत बग्न रोक्न पट्टि बाँध्ने प्रयास पनि गरेकी थिइन् । तर, स्वास्थ्यकर्मीहरु आउँदासम्म उनको मृत्यु भयो ।

हत्या भएको २ दिनपछि प्रहरीले ती युवकलाई पक्राउ गरेका थिए । युवकले बयानमा आफूले हत्या गरेको स्वीकारेका छन् । उनले बयानमा प्रहरीलाई भने, ‘म जान्न चाहन्थें कि मान्छे मार्दा कस्तो हुन्छ र म मान्छे मार्न सक्छु कि सक्दिन’ पुलिसले जारी गरेको भिडियोमा उनले भनेका छन् ‘मान्छे मार्दै गर्दा र मारिसकेपछि कस्तो महसुस हुन्छ भन्ने जान्न चाहन्थें ।’

तर ती युवकलाई हत्या गर्नको लागि अरु कसैले नभएर उनका साथीले नै भनेका थिए । आमाबुबाले गर्लफ्रेण्डसँग घरमा बस्न नदिएपछि आमाबुबासँग झगडा भएपछि जसको हत्या भएको छ उनका छोराले आफ्नै साथीलाई आफ्ना बुबाआमालाई मार्न सुपारी दिएका थिए । अहिले यस घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्