एमालेलाई नयाँ ढंगले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौं : मन्त्री श्रेष्ठ



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढंगले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् ।

नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१ औं पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरूरी भएको बताए ।

उनले भने, ‘सम्पूर्ण मुलुकबासीको मुहारमा खुसी र हाँसो देख्नका लागि हामी एकजुट भएर अघि बढ्न जरूरी छ। विसं २०४६ चैत १८ गते पाटन क्षेत्रलाई तत्कालीन शासकबाट मुक्त गर्ने क्रममा शहीद भएका चार सपुतले छाडेर गएका अधुरा सपनालाई पूरा गर्न हामी लागि पर्नेछौं ।’

तत्कालीन समयमा ललितपुरका जनताले निरङ्कुश शासनविरूद्ध गरेको त्याग र बलिदानको आफूहरूले सदैव कदर गर्दै अघि बढ्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्