साहित्यकार पूर्ण ओलीका २ कथा संग्रह “जितौरी” र “यालमाया” विमोचन



कथाकार पूर्ण ओलीद्धारा लिखित २ वटा कथा संग्रहहरु जितौरी र यालमाया विमोचन कार्यक्रम राष्ट्रिय महिला आयोगको भवनस्थित हल भद्रकालीप्लाजामा भव्य र सव्य रुपमा सम्पन्न भएको छ ।

प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा पूर्व गृहमन्त्री जनार्दन शर्मा विशिष्ट अतिथिको रुपमा थिए भने विशेष अतिथिहरुमा पूर्व राज्यमन्त्री गोपालजीजङ शाह, पूर्व शहरी विकास मन्त्री मिठ्ठु मल्ल, राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी, पूर्व एआइजी सुरेन्द्रबहादुर शाह, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारी, राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, निबन्धकार युवराज नयाँघरे, समालोचक डा. रजनी ढकाल, साहित्यकार अश्विनी कोइराला, घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, लोकवार्ता परिषद्का सचीव मनोहर लामिछाने, भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुली उपस्थित थिए ।

यसै गरी अतिथिहरुमा महाकाव्यकार डा. मधुसुधन लामिछाने,, महाकाव्यकार निलमकुमार न्यौपाने, साहित्यकार भुपेन्द्रा मल्ल, साहित्यकार खोलाघरे साइलो, साहित्यकार शान्ति शर्मा, गंगा खडका, पत्रकार महासँघका गणेश चिन्तन, लोकसेवा आयोगका पूर्व क्षेत्रीय निर्देशक गोविन्द प्रसाद सुवेदी, शिक्षा उपसचिवद्वय बद्रीप्रसाद पाठक तथा दिनानाथ गौतम, पूर्व प्रजिअद्वय देशबन्धु अधिकारी तथा अर्जुन भण्डारी, पूर्व डिएसपी अरुणकुमार शाह, बोधराज रेग्मी, डा. प्रवीण पाठक, कानुन उपसचिव शैलेन्द्र खडका उपस्थित भएका थिए ।

उक्त कार्यक्रममा अश्विनी कोइराला, मनोहर लामिछाने र डा. रजनी ढकालले कथासङ्ग्रहको बारेमा समीक्षा गरेका थिए। विशिष्ट अतिथिहरु जनार्दन शर्मा, गोपालजीजङ्ग शाह तथा प्रमुख अतिथि डा देवी नेपाल, कार्यक्रमका अध्यक्ष हरिप्रसाद भण्डारीले दुवै कथा सङ्ग्रहहरु उत्कृष्ट रहेको भनी दिएको मन्तव्यले आफूलाई थप उत्साहित तुल्याएको कथाकार पूर्ण ओलीले सेतोपेजलाई बताएका छन् ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमकी उपाध्यक्ष सिर्जना शर्माले कार्यक्रमको सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य दिँदै लेखक परिचयको सम्बन्धमा निशा ओलीले थप कुरा बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्