बुढानिलकण्ठ पुगेर प्रचण्डले भेटे देउवालाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन् ।
मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले बताएको छ । उनीहरूबीच करिब २० मिनेट कुराकानी भएको थियो ।
प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेटेका छन् ।