पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार १४० जनाको नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार १४७ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा प्राप्त भएको मृत्यु संख्या ३ र पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्