प्रचण्डले पार्टी एकता गर्न चाहेनन्, मजाक मात्र उडाए : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्न नचाहेको आरोप लगाएका छन् ।

सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको बताए ।

आफूले फैसला आएकै दिन टेलिफोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको तर पछि इच्छा छैन भनेर मजाक गरेको ओलीले बताए ।

सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु ठीक नभएको ओलीले टिप्पणी गरे । ‘एकता बाँकी थियो र भंग गर्ने अदालतले ?’ उनले प्रश्न गरे, ‘अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्