एमाले अध्यक्ष ओलीले जारी गरे अन्तरपार्टी निर्देशन



काठमाडौं । नेकपा एमाले पार्टी महाधिवेशन आयोजक कमिटीमा रहेकाहरूको जानकारी तल्ला तहमा पठाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षले माओवादी केन्द्रबाट आएका २३ केन्द्रीय सदस्य सहितलाई समेटेर गठन गरिएको कमिटीबारे मातहत कमिटीमा जानकारी पठाएको छ ।

एमालेले मंसिरमा महाधिवेशन गर्ने घोषणा गरेको छ ।

अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसहित आयोजक कमिटीमा दुई सय ६४ जना छन् । यस्तै कार्यविभाजनको जानकारी पनि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्