ओलीलाई घनश्याम भुसालको प्रश्न : कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ ?



काठमाडौं । नेकपा एमालेका नेता धनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्, ‘तपाई अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?

मंलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई कंगारु अदालत (नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रिया)को संज्ञा दिएका छन् । यसको जवाफ दिन आवश्यक नभएको, तर आरोप कति पूर्वाग्रही छन् र कति झूठा छन् भनेर जानकारी दिन पत्र लेखेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्