खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । आन्तरिक विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

मंगलबार दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यसअघि सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए ।

ओलीको उक्त कदमको विरोध गर्दै नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए ।

ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल-नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्