मलाई एमालेबाट निलम्बन गर्ने अधिकार केपी ओलीलाई छैन : नेता नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरणसदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन । कुन पार्टीबाट ?, ओलीको पार्टीबाट ?’, उनले भने, ‘एमालेबाट निलम्बन गर्ने कुनै अधिकार उहाँसँग छैन । उहाँ एमालेको अध्यक्षनै होइन ।’

नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए ।

प्रतिक्रिया दिनुहोस्