वाग्मतीमा अनुसन्धानस्थलमा खटिने प्रहरीलाई ज्याकेट

काठमाडौं । वाग्मती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानस्थलमा खटिने प्रहरी कर्मचारीलाई ज्याकेट र टोपी दिएको छ ।
अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न सादा पोशाकका प्रहरीलाई पहिचानसहित खटाउन फ्लोरोसेन्ट ज्याकेट र टोपीको व्यवस्था मिलाएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरी कर्मचारीले सोमबारदेखि फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाउनेछन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीका अनुसार प्रदेशभित्रका १० जिल्ला प्रहरी कार्यालय र ११ वटा इलाका प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरी कर्मचारीहरुले घटनास्थलको अनुसन्धानमा खटिँदा यो पोशाक लगाउनेछन् ।