बेलायतका प्रधानमन्त्रीमाथि श्रीमतीको आँखा छलेर प्रेमिकासँग मस्ती गरेको आरोप



बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले श्रीमतीको आँखा छलेर आफूसँग शारिरीक सम्पर्क राखेको भन्दै जेनिफर आर्करीले आरोप लर्गाकी छिन् । आर्करी अमेरिकी व्यवसायी हुन् र उनी ३६ बर्षकी भइन् । आर्करीले सन् २०१२ देखि २०१६ सम्म जोन र उनी प्रेममा रहेको बताएकी छिन् ।

आर्करीका अनुसार जोनसनले एकपटक आफ्नी श्रीमती मारिना ह्विलर काममा छिन् भनेर प्रेमिकालाई घरमै बोलाएका थिए । उनीहरुले यहाँ सोफामा मस्ती गरे र आर्करी निस्किएको १० मिनेटलगत्तै मारिना घर छिरिन् ।

‘यदी म १० मिनेट ज्यादा बसेको भए, सायद मारिना यहाँ आइपुुग्ने थिइन् । यो अवश्य राम्रो अनुभव हुने थिएन,’ आर्करीले भनेकी छिन्,‘ हामी उनको घरमा सुत्यौं र केही हदसम्म यो रमाइलो पनि थियो । तर यो सही थिएन भन्ने मलाई पछि लाग्यो ।’

त्यतिमात्र नभएर आर्करीले जोनसँग प्रेममा रहदाँ आफूले उनलाई न्यूड तस्बिर र अश्लिल म्यासेज समेत पठाउने गरेको बताएकी छिन् । त्यसपछि विस्तारै जोनसँग खटपट हुन थालेपछि उनले २०१६ को अन्त्यतिर हिक्कीसँग बिहे गरिन् ।

प्रतिक्रिया दिनुहोस्