सिके राउतलाई ३५ दिनभित्र नवलपरासी अदालतमा हाजिर हुन आदेश

काठमाडौं । नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सुचना जारी गरेको छ ।
सिके राउत भन्ने डा.चन्द्रकान्त राउतलाई राज्य विरुद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको छ ।
रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धुनषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ ।
अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउत जनमत पार्टीका प्रमुख छन् ।
सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो ।