बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाई यसअघि पेशीमा चढेर स्थगित हुँदै आएकोमा आज न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा छ ।

ललितानिवास सरकारी जग्गा व्यक्तिको नामका गरेको प्रकरणमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले तत्कालीन मन्त्रीसहित १७५ जनालाई मुद्दा चलाएको थियो ।

तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

२०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै न्यौपानेले नेपाल र भट्टराईविरुद्ध मुद्दा हालेका थिए ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला जग्गा व्यक्तिको नामम लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्